top of page

बादल

Updated: Jan 7, 2022

म हु एक बादल

हावा को झोका संगै कहिले यता कहिले उता कहिले कता कहिले कता

न कुनै उधेस्य छ न कुनै गन्तब्य

जीवन बनेको छ एक बिबसता


कहिले काही अनायास गर्झिन्छु ,

कहिले नगर्जिकन बर्सिन्छु ,

कहिले टोलाएर बितेका पलहरु सम्झंछु


म हु एक बादल

हावा को झोका संगै कहिले यता कहिले उता कहिले कता कहिले कता

न कुनै उधेस्य छ न कुनै गन्तब्य

जीवन बनेको छ एक बिबसता


हिमाल संग लुकामारी खेल्ने गर्छु म कहिले

इन्द्रेणी को रंग देखि रमाउछु म जहिले

अनुहार मेरो बद्लिरहन्छ एउटै हुन्न कहिले

जिन्दगि को लामो यात्रामा थाकिसकेको छु अहिले


म हु एक बादल

हावा को झोका संगै कहिले यता कहिले उता कहिले कता कहिले कता

न कुनै उधेस्य छ न कुनै गन्तब्य

जीवन बनेको छ एक बिबसता




48 views0 comments

Recent Posts

See All

I Am Getting Married

I am getting married, I found you You may not know yet but that's what I am going to do. In the autumn of my days I am a bride again - whisper lightly stepping on this earth, looking for a glance wi

bottom of page